अहिले तरंगमा

केहि छिनमा

समाचार

नदिजन्य पदार्थ उत्खनन तथा ओसारपोसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

news

 
रेडियो आँधीखोला
वालिङ, १८ भाद्र । 
प्रहरीले अवैध नदिजन्य पदार्थ उत्खनन तथा ओसारपोसारमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा लिएको  छ । भीरकोट र वालिङका विभिन्न स्थानहरुबाट ति ट्याक्टर नियन्त्तणमा लिईएको प्रहरीले जनाएको छ । 
प्रहरी चौकी दहथुम स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भिरकोट ०२ ठाडोलाइन स्थित ग.१ त. ७४०९ नम्बरको ट्याक्टरले स्टक प्रमाणित नभएको बालुवा ओसार–पसार गरेको फेला पारेको हो । त्यस्तै वालिङ नगरपालिका वडा नम्बर –०९ नाकेडाँडामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीको विशेष टोलीले ग.१ त. ५७६९ नम्बरको ट्याक्टरले बालुवा लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । 
ति दुई ट्याक्टर मध्ये वालिङमा नियन्त्रणमा लिईएको ट्याक्टर वालिङ नगरपालिका र बालुवा सहितको भीरकोटमा नियन्त्रणमा लिईएको ट्याक्टर भीरकोट नगरपालिकामा आवश्यक अनुसन्धान र कारबाहीको लागी पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।  
यसैबीच प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  कास्की जिल्ला अदालतबाट लागू औषध मुद्दामा मिति २०७५÷०५÷०५ गते फैसला भई १ (एक) वर्ष ८(आठ) महिना १२(बाह्र) दिन कैद र एक लाख रूपैया जरिवाना तोकिई फरार रहेका फेदिखोला ०५ का ३० वर्षीय सन्दिप पौडेललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर –१७ छोरेपाटन सिमलटुंडाबाट पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुलको लागि जिल्ला अदालतमा स्याङ्जामा उपस्थित गराएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...