अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

अवैध नदिजन्य पदार्थ ढुंगा, बालुवा उत्खनन तथा लोड गर्ने

news

 
रेडियो आँधीखोला,
वालिङ २१ भदौ ।
प्रहरीले आँधीखोला किनारबाट अवैध नदिजन्य पदार्थ ढुंगा, बालुवा उत्खनन तथा लोड गर्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ०१ मालेबगर स्थित पुल नजिकै आँधिखोला किनारबाट ग. १ त. ६६७५ र ग. १ त. ४०२३ नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरिरहेको अवस्थामा प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा हो । 
त्यस्तै दहथुम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भिरकोट–०७  बलमाट स्थित ग. १ त. ६५३३ नम्बरको ट्याक्टरले बालुवा ओसार–पसार गरेको अवस्थामा फेला पारी उक्त ट्याक्टरलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पछिल्लो समय प्रहरीले अवैध नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न सवारीलाई नियन्त्रणमा लिने कार्यलाई कडाका साथ लिएको छ। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...