अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जाका दर्जनौ घरजग्गा बैंक र सहकारीको नाममा

 
वालिङ, २२ भाद्र । 
स्याङ्जामा बैंक तथा वित्तिय संस्थाहरुले गरेको लगानी उठाउन सक्रिय देखिएका छन् । अनुत्पादकमा लगानी गरेर कर्जा असुलीमा अफठ्यारो भोग्दै आएका बैंक तथा वित्तिय संस्थाहरुले लगानी असुलीमा सक्रियता देखाएका हुन् । धितो सुरक्षण राखेर लगानी गरेका बैंक तथा वित्तिय संस्थाहरुले असुलीमा समस्या हुने देखेपछि लिलामी गरेर भएपनि धमाधम घरजग्गा सकार्ने काममा लागिरहेका छन् । जिल्लाभर बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र बचत तथा ऋण सहकारीहरुले कर्जा लगानी गर्दै आएका छन् । यसको तथ्याङ्क हेर्ने हो भने झण्डै २ सय भन्दा माथी वित्तिय संस्थाहरुले अर्वौ लगानी गरेको पाइन्छ ।  
जिल्ला मालपोत कार्यालय स्याङ्जा र मालपोत कार्यालय वालिङको तथ्याङक हेर्दा आर्थिक बर्ष २०८१÷०८२ मा बैंक तथा सहकारीहरुले २१ ओटा घरजग्गा धितो लिलामगरी आफै सकारेको देखिएको छ । एकबर्षको अवधीमा २१ घरजग्गा धितो सकारेका बैंकहरुको लामो तथ्याङ्क हेर्ने हो भने जिल्लाभर सयौं घरजग्गा बैंक र सहकारीको नाममा रहेको हुन सक्ने अनुमान गरिएको छ । गत आर्थिक बर्षमा ४ ओटा बैंक र ४ ओटा सहकारीले धितो लिलाम गरी घरजग्गा सकारेका छन् । 
बैंक र सहकारीले लिलामी बढाबढ सूचनाको आधारमा केही धितो जग्गा भने व्याक्तिले सकारेको मालपोतको तथ्याङकबाट देखिएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकले ३, मुक्तिनाथ विकास बैंकले ३, ज्याति विकास बैंकले ४, कामना सेवा विकास बैंक, आई सिं एण्ड सिं फाइनान्स र ऋण असुली न्यायीधिकरणले एक—एक ओटा धितो लिलाम गरेका छन् । यसैगरी गाउँले बचत तथा ऋण सहकारीले ३, उपकार बचत तथा ऋण सहकारी, शुभलक्ष्मी सहकारी, ग्रामिण कृषि सहकारी, इनर्जेटिक सहकारी र ग्रामिण सहकारीले एक—एकवटा धितो लिलाम गरेका छन् । 
बैंक र सहकारीले धितो लिलाम गरी सकारे बापत लाभकर १ करोड ४८ लाख २ हजार ४ सय १ संकलन भएको छ । घरजग्गा लिमाली प्रक्रियामा गएपछि बैंक र सहकारीहरु ऋण असुलीमा आक्रमक देखिएको यो तथ्याङकले देखाउछ । बैकिङ प्रतिस्पर्धाका कारण कुनै कार्ययोजना नवनाई नागरिकलाई कर्जा लगानी गर्दा ऋणिलाई तिर्नेबेला समस्या हुदै आएको छ । लगानी गर्दा एउटा व्याजदर कायम गरिदिने र केही समयपछि पुन अर्को व्याजदर कायम गरिदिदा पनि ऋणीले साँवाव्याज तिर्न नसकेको गुनासो गरिरहेका छन् । अनुत्पादकमा लगानी र ऋणीलाई साँवाव्याज तिर्ने वातावरण बित्तिय क्षेत्रले नवनाउदा धेरै नागरिकको घरवास समेत गुम्ने खतरा बढेको छ । 
मालपोत कार्यालय स्याङजा र वालिङमा विभिन्न वित्तिय संस्थाहरुले २ हजार २६३ घरजग्गा रोक्का राखेका छन् । लगानी गर्दा धितो सुरक्षणका लागि सम्पति राख्ने कानुनी मान्यता पाएपछि वित्तिय संस्थाले आर्थिक बर्ष २०८१÷०८२ मा सहकारीले १ हजार २ सय ६, बैंकले १ हजार २५ र अन्यले २३ घरजग्गा रोक्का राखेर कर्जा लगानी गरेका छन् । घरजग्गा रोक्का राखे बापत मालपोत कार्यालयले ८८ लाख १९ हजार ५ सय रकम राजस्व संकलन गरेको जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...