समाचार
गण्डकी प्रदेशस्तरीय १६ वर्ष मुनिको महिला फुटबल प्रतियोगिताको उपाधि नवलपुरलाई
रेडियो आँधीखोला
वालिङ, २४ भाद्र ।
गण्डकी प्रदेशस्तरीय १६ वर्ष मुनिको महिला फुटबल प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । ट्रिनिटि क्लब वालिङको आयोजनामा वालिङ खेलमैदानमा जारी पितृ स्मृति ट्रिनिटि कपको उपाधि देवचुली युवा तथा खेलकुद विकास समिति नवलपुरले जितेको हो । सोमबार भएको फाईनल खेलमा आयोजक ट्रिनिटि क्लबलाई १–० गोलअन्तरले पछाडि पार्दै नवलपुरले उपाधि कब्जा गरेको हो । यसअघि सेमिफाईनल प्रतियोगितामा हिल्लीफिल्र्डर गोर्खा एफसिले पैयूँ गाउँपालिका पर्वतलाई पछाडि पार्दै तृतिय स्थान प्राप्त गरेको थियो । पराजयसंग्ौ पैयूँ गाउँपालिका पर्वतले सान्त्वना स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा उपाधि हात पारेको नवलपुरले नगद १ लाख सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितिय स्थान प्राप्त गरेको आयोजक ट्रिनिटिले नगद ५० हजार, तृतिय भएको गोर्खाले र सान्त्वना भएको पर्वतले १५÷१५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक ट्रिनिटि क्लब ए र बि समूह, पैँयु गाउँपालिका पर्वत, आरएस पोखरा फुटबल क्लब, हिल्लीफिल्र्डस गोर्खा, म्याग्दी जिल्ला फुटबल एशोसियसन र देवचुली युवा तथा खेलकुद विकास समिति नवलपुर गरी ७ टिम सहभागि भएका थिए ।