अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

निरन्तर वर्षा भईरहेकाले सतर्कता अपनाउन प्रशासनको अनुरोध

news

 
रेडियो आँधीखोला,
वालिङ १ भदौ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निरन्तर वर्षा भईरहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्धारा जारी सतर्कता अपनाउने सम्बन्धी अनुरोध पत्रमा यस्तो अनुरोध गरिएको हो । यही भदौ २९ गतेदेखि अविरल वर्षा भईरहेको र अझै निरन्तर वर्षा हुँने संभावना रहेकाले नदी तथा खोलाहरुमा पानीको सतह बढी एवं सतर्कताको तह पार गर्ने अवस्था रहेकाले सचेत रहन नागरिकलाई प्रशासनले आग्रह गरेको हो । 
भिराला जमिनहरुमा धाजा फाट्ने, पहिरो जाने अवस्था देखिएकाले सबैले सतर्कता अपनाई सुरक्षित रहन तथा संभावित जोखिमयुक्त स्थानका बासिन्दाहरुले विषेश ख्याल  गर्दै रातको समयमा सावधानी अपनाई वैकल्पिक रुपमा बस्ने व्यवस्था समेत मिलाएर सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो । संभावित विपदबाट यस जिल्लामा सडक मार्गहरुमा वर्षाबाट क्षति तथा अवरोध पुग्न सक्ने भएकाले यातायातका साधन र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...