अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट, ८ स्थित पब्लिक ऐकेडेमी माविमा शुभकामना आदानप्रदान

news

 
रेडियो आँधीखोला
वालिङ, ६ असोज । 
पब्लिक ऐकेडेमी माध्यमिक विद्यालय भीरकोट नगरपालिका ८ मा शुभकामना अदानप्रदान, नतिजा प्रकाश कार्यक्रम सम्पन्न भएको छ । आउँदै गरेको विजयादशमी, तिहार एवं छठको शुभकामना आदानप्रदान, त्रैमासिक परिक्षाको विष्लेषण र नजिता प्रकाश गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष नन्दलाल खनालले वडामा रहेका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको लागी वडा सँधै सकरात्मक रहेको र आगामी दिनमा पनि के कस्ता कार्य गर्न सकिन्छ विद्यालयलाई प्रर्पोजल लिएर आउन आग्रह गर्नुभयो । 
साथै फरक प्रसंगमा उहाँले भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनका सकरात्मक कदमको पक्षमा रहेको भन्दै बेथिति र भ्रष्टाचार विरुद्ध सँधै अगाडि बढ्दै आएको अध्यक्ष खनालले बताउनुभयो । साथै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गिता रोका, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु आषबहादुर गुरुङ र धनबहादुर गुरुङ, छात्रा उपसाना थापालगायतले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं कार्यपालिका सदस्य चित्रबहादुर रानाभुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षिका शान्ती न्यौपानेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...