अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लामागेका बालबालिकालाई पञ्चेबाजाको सेट प्रदान

 
वालिङ, १२ असोज । 
पुतलीबजार नगरपालिकाले पुतलीबजार नगरपालिका वडा न १४ लामागेका बालबालिकालाई पंचेबाजाको सेट प्रदान गरेको छ । नेपालको मौलिक सस्कृती र मौलिक पहिचान पञ्चेबाजाअन्तर्गत पर्ने दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् नगरले हस्तान्तरण गरेको हो । 
वडाका बालबालिकालाई पन्चे बाजा सेट हस्तान्तरण गर्दै नगर प्रमुख तुलसी राम रेग्मीले पढ्दै कमाउदै भन्ने योजना अनुरुप नगरपालिकाले नेपालीहरुका मौलिक बाजा पंचेबाजाको सेट उपलब्ध गराएको बताउनुभयो । उहाँले पंचेबाजामा लामागेको नाम प्रख्यात रहेको जनाउदै अवका बालबालिकाले पनि सो नामलाई टिकाइराख्नुपर्नमा लागि पर्नुपर्नेमा उहाँको जोड थियो । 
कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, पुतलीबजार नगरपालिका १४ का अध्यक्ष जितेन्द्र प्रकाश मल्ल, सदस्य मुबारक मिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...