समाचार
दसैको शुभकामना आदानप्रदान तथा पिंग उद्घाटन कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १५ असोज ।
दुर्गा नगर टोल विकास संस्थाको आयोजना तथा दुर्गानगर सांस्कृतिक समुहको व्यवस्थापनमा दसैको शुभकामना आदानप्रदान तथा पिंग उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १ दुर्गानगरमा रहेको सो संस्थाले मंगलबार बडा दशँै २०८२ को अवसरमा एक कार्यक्रमका बिच शुभकामना आदनप्रदान एवम् पिंग उद्घाटन गरेको हो ।
पिंगको उद्घाटन गर्दै टोलका सल्लाहकार तथा ज्येष्ठ नागरिक ख्याम नारायण पराजुलीले हाम्रो संस्कार र संस्कृतिसंग जोडिएका कुराहरुको संरक्षण गर्दै जानुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा समाजसेवी यादव राज शर्माले संस्कार, संस्कृतिहरु पुस्ता हस्तान्तरणमा जोड दिदै समाजलाई एकतामा जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका लागी अनमोल जंग सापकोटा र सुजन सुनारले आर्थिक सहयोग गरी पिंग निर्माण गरिएको हो । पिंग उद्घाटन पुर्व टोलका युवा तथा समाजसेवी, अगुवाहरुको सक्रियतामा टोल सरसफाई, सडक बत्ती जडान समेत गरिएको थियो । टोल विकास संस्था तथा साँस्कृतिक समुहकी अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टोल विकास संस्थाका अगुवा तथा समाजसेवी दान बहादुर गुरुङ्ले गर्नुभएको थियो ।