अहिले तरंगमा

केहि छिनमा

समाचार

फरार दुई कैदी स्याङ्जाबाट पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, २१ असोज । 
जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । गत भदौ २४ गते फरार रहेका कैदीहरूलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो । 
प्रहरीले वालिङ नगरपालिका –९ का ३५ वर्षीय मदन माझी र बिरुवा गाउँपालिका –६ का १९ वर्षीय नाम नखुलाइएकोलाई पक्राउ गरेको हो ।  ‘जबरजस्ती करणी’ मुद्दाका दोषी ठहर माझी काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट र एक जना बाल सुधारगृह पोखराबाट फरार भएका थिए ।
फरार व्यक्तिहरूलाई पक्राउ गर्नका लागि प्रहरीले लामो समयदेखि निगरानी राखेको बताउँदै प्रहरी निरीक्षक तिवारीले प्रहरीको संयोजन, सूचनाको प्रयोग र स्थानीयको सहयोगकै कारण पक्राउ सम्भव भएको बताउनुभयो । प्रहरीले यसअघि काठमाडौं केन्द्रीय कारागारका फरार दुई जना, तनहुँ दमौली कारागारका एकजना र कास्की कारागारबाट फरार भएका तीनजना कैदीलाई पक्राउ गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...