समाचार
कार्तिक मसान्तसम्म अटो नविकरण नगरे कारबाही हुने
रेडियो आँधीखोला
वालिङ, १९ कार्तिक ।
वालिङ नगरपालिकाले यहि कार्तिक मसान्तसम्म अटो रिक्सा नविकरण नगरे कारबाही हुने जनाएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा ४ को खण्ड ट मा भएको व्यवस्था अनुसार नगरपालिकामा यहाँ संचालित अटो दर्ता तथा नविकरण गर्नुपर्नेछ । कानुन अनुसार नगरपालिकामा दर्ता भई सवारी बाटो इजाजत पत्र प्राप्त गरी संचालनमा रहेका अटोरिक्साहरु वार्षिक रुपमा नविकरण गर्नुपर्ने प्रावधान छ ।
सोही प्रावधान अनुसार यही कार्तिक मसान्तसम्म नविकरणको समय रहेकाले समयमै नविकरण गर्न तथा नयाँ दर्ता नभएका अटोरिक्साहरुलाई नगरपालिकामा दर्ता गरी संचालन गर्न आग्रह गरिएको छ । विना दर्ता तथा नविकरण नगरिकन अटो रिक्सा संचालन नर्गन अनुरोध गर्दै नगरपालिकाले कानुन विपरित गएमा कानुन अनुसार कारबाही हुने जनाएको छ ।