अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ट्राफिक प्रहरी स्याङ्जाद्धारा डेढ महिनाको अवधिमा झण्डै ९ लाख राजस्व संकलन

news

 
रेडियो आँधीखोला
वालिङ, २१ कार्तिक । 
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले डेढ महिनाको अवधमिा झण्डै ९ लाख रुपैँया राजस्व संकलन गरेको छ । ट्राफिक कार्यालय स्याङ्जाका सई भुपेन्द्र गौलीका अनुसार अशोज महिनामा मात्रै ५ लाख ६५ हजार रुपैँया संकलन भएको छ भने कार्तिक महिनाको १६ गतेसम्म ३ लाख २८ हजार गरी ८ लाख ९३ हजार रुपैँया संकलन गरेको हो । ट्राफिक प्रहरीले अशोज महिनामा ११३ ट्रक कारबाही गर्दा ८६ हजार ५००, ७५ बस कारबाही गर्दा ५६ हजार ५००, ११३ जिप कार कारबाही गर्दा १ लाख १४ हजार ५००, ४६ ट्याक्टर कारबाही गर्दा ३६ हजार ५००, १९५ मोटरसाईकल कारबाहीमा पर्दा १ लाख ९५ हजार ५०० र अन्य सवारी कारबाहीमा पर्दा ७५ हजार ५०० रुपैँया गरी अशोज महिनामा ५ लाख ६५ हजार राजस्व संकलन गरेको हो । 
अशोज महिनामा सबैभन्दा धेरै मोटरसाईकल कारबाहीमा परेका छन् । मोटरसाईकल चालकको सवारी लाइसेन्स नहुँनु, मापसे प्रयोग गरी मोसा चलाउनेलगायतका कारण मोसा धेरै कारबाहीमा परेका हुन् । अशोज महिनामा ६१९ सवारी कारबाहीमा परेका हुन् । त्यस्तै कार्तिक महिनाको १६ गतेसम्म ३४६ सवारी कारबाहीमा परेका छन् । ति सवारीहरुलाई कारबाही गर्दा ३ लाख २८ हजार राजस्व संकलन भएको सई गौलीले बताउनुभयो । 
त्यस्तै ट्राफिक प्रहरीले समुदाय, विद्यालय र राजमार्गमा पनि सवारी यात्रुलाई सचेतना जगाउने कार्यक्रम गरेको छ । जिल्लामा रहेका ११ पालिकाहरुसंगको समन्वयमा पालिकास्तरीय, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक नियम, लागूऔषध सेवनका नकारात्मक प्रभावलगायतका विषयमा सचेतना जगाउने गरिएको सई गौलीले बताउनुभयो । 
त्यस्तै विभिन्न समुदायमा पुगेर आमा समूह र क्लबहरुलाई पनि सचेतनामुलक कार्यक्रम प्रदान गरिएको छ भने राजमार्गमै सवारी चालक, सहचालक र यात्रुहरुलाई समेत ट्राफिक नियम, सिट  क्षमता भन्दा धेरै यात्रु नराख्न, छतमा या झुण्डिएर यात्रु नगराउन, दररेट भन्दा धेरै भाडा नलिन, यदि लिएमा प्रहरीलाई खबर गर्न, सुरिक्षत यात्रा गर्न, तिव्र गतिमा सवारी नचलाउनलगायतका सचेतनामुलक कार्यक्रमहरु समेत गरिएको सई गौलीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...