अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्वर्गीय गणेशमान सिंहको १११ औं जन्मजयन्तीका अवसरमा शैक्षिक सामाग्री वितरण

news

 
रेडियो आँधीखोला,
वालिङ २४ कार्तिक ।
स्वर्गीय गणेशमान सिंहको १११ औं जन्मजयन्तीको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशले सोमबार वालिङ नगरपालिका वडा नम्बर ११ मा रहेको गणेशमान सिंह आधारभूत विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा दिवाखाजा वितरण गरेको हो । कार्यक्रममा विद्यालय परिसरमा अवस्थित स्वर्गीय गणेशमान सिंहको सालिकमा फूलमाला अर्पणगरि उहाँ प्रति सम्मान व्यक्त गरिएको थियो । फाउन्डेसनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले गणेशमानको व्यक्तित्व र योगदानका बारेमा चर्चा गर्नु भएको थियोे । 
कार्यक्रममा स्याङ्जा काँग्रेसका नेता भागवतप्रकाश मल्ल, जिल्ला कार्यवहाक सभापति केदार काफ्ले , जिल्ला सचिव दामोदर लम्साल , महासमिति सदस्य अर्जुनप्रकाश अर्याल , प्रदेश निर्वाचन क्षेत्रीय सभापति अर्जुन खनाल , वालिङ नगर सभापति नेत्र पाण्डे , वडा अध्यक्ष डण्डु पंगेनी , फाउन्डेसनका सदस्यहरु मोहन गुरुङ र जीवन हिमाली लगायतका महानुभावहरुले संयुक्त रुपमा विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक वविताल खड्काले स्वागत र कार्यक्रमको सहजीकरण फाउन्डेसनका सदस्य वुध्दिबहादुर राना कुमारले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...