अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भुम्रे माविको स्रोत कक्षामा अक्षयकोषको स्थापना

 
रेडियो आँधीखोला
वालिङ, २७ कार्तिक ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९ मा रहेको भुम्रे माध्यमिक विद्यालयमा सञ्चालित स्रोत कक्षामा अक्षयकोषको स्थापना गरिएको छ । स्रोत कक्षा अन्तर्गत अध्ययनरत बौद्विक अपाङ्गता भएका छात्रा÷छात्रहरूको शैक्षिक उन्नयनका लागी स्याङ्जा सहयोग समाज कतारले ५१ ह्जार रुपैँयाको अक्षयकोषको स्थापना गरेको हो । साथै समाजले चार हजार बराबरको स्टेशनरी सामान समेत सहयोग गरेको छ । 
कार्यक्रममा स्याङजा सहयोग समाज आईसिसिका प्रवक्ता तथा यस संस्थाका संरक्षक भेषराज पराजुली, आइसिसी सचिव गुप्तप्रसाद गैह्रे, स्याङजा सहयोग समाज कतार( वालिङ् नगर इकाई)का अध्यक्ष विष्णुप्रसाद पङ्गेनी, उपाध्यक्ष ईश्वरी ढुङ्गाना, सचिव नारायण गैह्रे, सदस्य विनोद परियार र प्रकाश पाण्डे, सल्लाहकार लेखनाथ पङ्गेनी,सदस्य हिमलाल डुम्रे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, प्रधानाध्यापक तिलकप्रसाद पराजुलीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पराजुलीले विद्यालय अन्र्तगत रहेको स्रोत कक्षाका विद्यार्थीहरुको शैक्षिक तथा बौद्धिक विकासमा टेवा पुग्ने उद्देश्यले समाजले गरेको यो सहयोग निकै महत्वपुर्ण रहेको भन्दै समाजलाई धन्यवाद व्यक्त गर्नुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...