अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

प्रहरी संग एक दिन कार्यक्रममा भूपूका विद्यार्थी

news

 
रेडियो आँधीखोला
वालिङ, २८ कार्तिक । 
प्रहरी र विद्यार्थीबीच मित्रवत् सम्बन्ध स्थापित गर्ने उदेश्यले स्याङ्जा प्रहरीले ‘प्रहरीसंग एक दिन कार्यक्रम’ सुरु गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सो अभियान सुरु गरेको हो ।
पुतलीबजार नगरपालिका ३ स्थित भूतपूर्व सैनिक आवासिय माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुले प्रहरी कार्यालयमा पुगेर जानकारी लिएका छन् । कार्यालय भित्र स्थापित विभिन्न शाखाहरूको अध्ययन अवलोकन गर्नुका साथै शाखाबाट हुने कामकारवाहीका बारेमा जानकारी लिएका थिए ।
साथै, जिल्ला प्रहरी कार्यालयका बिभिन्न शाखा मार्फत दिईने सेवा प्रवाह बारे जानकारी गराईएको छ । विद्यार्थीलाई प्रहरी उपरीक्षक दधिराम न्यौपाने, प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरी लगायत विभिन्न शाखाका प्रमुखहरुले विद्यार्थीलाई जानकारी गराउनुभयो । विद्यार्थीहरुले पनि आफुलाई लागेका जिज्ञासा सोधेका थिए । विद्यार्थीसंगै सोही विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापकसंगै शिक्षक पनि सहभागि थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...