अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

आँधीखोलामा १५०० माछाका भुरा छाडियो

 
रेडियो आँधीखोला
वालिङ, २ मंसिर ।
मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जाले विश्व मत्स्य दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । कार्यक्रम अन्र्तगत आँधीखोला तथा अन्य सहायक खोलाहरुमा माछाका भुरा छाडेको छ  । प्राकृतिक जलाशयमा माछाको भुरा छाड्ने सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार भीरकोट नगरपालिका १ स्थित आँधीखोलाको रहमा १५०० माछाका भुरा छाडिएको हो । असला, गर्दी, सहर, फगेटा जातका माछाका भुरा छाडिएको हो । मत्स्य दिवसका अवसरमा  कार्यालयले हरेक वर्ष खोला तथा नदीहरुमा माछाका भुराहरु छाड्दै आएको कार्यालयका निमित्त प्रमुख तिलक चन्द रावत बताउनुहुन्छ ।
मत्स्य दिवसका अवसरमा मत्स्य विकास केन्द्र मिर्मि स्याङ्जाले आँधीखोलामा माछाका भुरा छाडिएको भन्दै यसको संरक्षणका लागी सहयोग गर्न नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले आग्रह गर्नुभयो । लोप हुँदै गएका माछाका भुराहरु छाडिएको भन्दै यसले वातावरण तथा पर्यावरणीय दृष्ट्रिकोणमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्ने भन्दै मंसिर १ गतेदेखि अर्को सूचना जारी नहुँदासम्म भीरकोट नगरपालिका अन्र्तगतको आँधीखोलामा कुनै पनि विधि र तरिका प्रयोग गरी माछा नर्मान प्रमुख कर्माचार्यले आग्रह गर्नुभएको हो । 
निषेध गरिएको समयमा यदि कसैले माछा मारेको भेटिएमा कानुन बमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएको छ ।  कार्यक्रममा उपप्रमुख भगवती अर्याल, वडा नं. २ का श्यामकाजी अधिकारी, वडा नं. ४ का अध्यक्ष रत्नप्रकाश श्रेष्ठले यो कार्यक्रमले लोप भईरहेका माछाहरुको संरक्षण तथा संर्वद्धनमा सहयोग पुग्ने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...