अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङ्जाका ठूला आयोजनाको प्रगति सन्तोषजनक

 
वालिङ, ३ मंसिर । 
ठूला आयोजना निर्माणमा कम्पनी र सरकार दुबैतर्फबाट कमजोरी भईरहेको बेला स्याङ्जामा संचालित जिल्लाकै ठूला आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको छ ।
स्याङ्जामा संचालित सडक तथा पुल निर्माणका एक दर्जन ठूला आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालयले दाबी गरेको छ । पाँच करोड भन्दा माथिका बहुवर्षिय आयोजना अन्र्तगत सडकअन्र्तगत ८ र पुलतर्फका चार गरी जिल्लाभित्रका १२ आयोजनाको प्रगति सन्तोषजनक रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका बहुवर्षिय आयोजनामध्ये सडकतर्फको एक अर्ब ६१ करोड १९ लाख ५६ हजार ४७२ रुपैयाँ बजेटमा ८१ करोड ११ लाख ४० हजार ९०६ रुपैयाँ अर्थात झण्डै ५१ प्रतिशत खर्च भएको छ भने पुलअन्र्तगतको १९ करोड ९१ लाख ७९ हजार ४२३ रुपैयाँमध्ये करिब ३९ प्रतिशत अर्थात ७ करोड ७४ लाख तीन हजार ४२२ रुपैयाँ खर्च भएको छ । सडक र पुलको गरी एक अर्ब ८१ करोड ११ लाख ३५ हजार ८९५ रुपैयाँ कुल लागतको ८८ करोड ८५ लाख ४४ हजार ३२८ रुपैयाँ अर्थात ४९ प्रतिशत भन्दा बढि रकम खर्चलाई कार्यालयले सन्तोषजनक प्रगति भनेको हो ।
‘पाँच करोड भन्दा बढि लागतका विगत पाँच वर्षदेखिका १२ वटा आयोजनाहरु संचालनमा छन् ।’ पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर दयाराम अधिकारीले भने, ‘कुल बजेटको ४९ प्रतिशत खर्चलाई हामीले सन्तोषजनक मानेका छौं ।’ वित्तीय प्रगतिलाई आधार मान्दा ४९ प्रतिशत मात्रै खर्च भएपनि सबै आयोजनाहरुको भौतिक प्रगति भने अपेक्षाकृत नै रहेको उहाँले जनाउनुभयो ।
सडक आयोजनामध्ये शुक्लागण्डकी–दुलेगौडा हुँदै हरिनाश गाउँपालिका केन्द्र जोड्ने सडकको ८६ प्रतिशत स्तरोन्नती भएको छ भने बिर्धा–गलहाम, बनकसी खहरे सडकको ८५ प्रतिशत भौतिक प्रगति भएको छ । कार्यालयका अनुसार शालिग्राम करिडोरको ६० प्रतिशत, र्मिमि–बिर्धा, रानीघाट मोटरबाटोको ५२ प्रतिशत, रत्ने–सुन्तलाबारी सडक खण्डको ५१ प्रतिशत, अर्जुनचौपारी–रापाकोट सडकको ४० प्रतिशत र वालिङ–हुवास सडक निर्माण तथा स्तरोन्नती ३२ प्रतिशत सकिएको छ ।
सडकतर्फकै सबै भन्दा ठूलो ४२ करोड ४२ लाख ९४ हजार ६७९ लागतको गल्याङ्–चापाकोट सडकको २६ प्रतिशतले हुने १० करोड ३३ लाख १८ हजार १९० र पुलतर्फको ठूलो गौरीघाट मोटरेवल पुलको पाँच करेड ५१ लाख ७५ हजार ६६६ रुपैयाँमध्ये तीन करोड एक लाख ७६ हजार अर्थात ७६ प्रतिशत खर्च भएको छ । बिरुवा गाउँपालिका–६ चिन्नेबासमा आर्थिक वर्ष २०८०÷८१ बाट बन्दै गरेको पुल चालु वर्षको चैत्रमा निर्माण सम्पन्न हुने कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०÷८१ बाट निर्माण थालिएको बिरुवा गाउँपालिकाको राक्सेघाट पक्की पुलको ७८ प्रतिशत काम सकिएको छ । पुतलीबजार नगरपालिका–३ सिन्गालेस्थित मोटरेबल पुलको ४७ प्रतिशत प्रगति देखिन्छ भने फेदीखोलास्थित सेतीखोला पुलको ३७ प्रतिशत वित्तीय प्रगति भएपनि अधिकांश पुलको संरचनागत भौतिक प्रगति ७५ प्रतिशत भन्दा बढि रहेको छ । अधिकांश सडक र पुल निर्माणको ठेक्का लिएका कम्पनीले आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु¥याएको कार्यालयका इन्जिनियर पोषराज पौडेलले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...