अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

आँधीखोलाले दूधमा चार रुपियाँ अनुदान दिने

 
रेडियो आँधीखोला
वालिङ, ४ मंसिर ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसीङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दूग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो । सहकारीले दूध उत्पादन गरी सङ्कलन केन्द्रमा जम्मा गर्ने र जम्मा गरेको तथ्याङ्कको आधारमा पालिकाले अनुदान दिने छ ।
सहकारीले बजारीकरण गर्नेगरी दूध सङकलन केन्द्र सञ्चालन ल्याएको छ भने पालिकाले छ वटा वडाबाट हरेक दिन दुध सङकलन गर्न थालेको छ । गाउँमै उत्पादन हुने दूध एकै ठाउँमा सङकलन र वितरण गरेसँगै किसानलाई बेचबिखनको झण्झट कम हुने र आम्दानी बढ्ने विश्वास पालिकाको रहेको छ ।
पालिकाको सहयोगमा सहकारीले आवश्यकता अनुसार पोखरामा छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी गरेको पालिका अध्यक्ष अध्यक्ष विश्व पौडेलले बताउनुभयो । दूध सङ्कलन केन्द्र स्थापनासँगै किसानहरू व्यवसायप्रति थप आकर्षित भएको पौडेलले बताउनुभयो । किसानलाई सहज बनाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको बताउदै अध्यक्ष पौडेलले गाउँमै उत्पादन भएकै दूध गाउँमै बिक्री हुँदा कृषकलाई ठुलो राहत हुने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष पौडेलले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसान विचौलियाबाट ठगिने प्रवृत्ति घट्ने भन्दै उत्पादन, प्रशोधन र बजार विस्तारमा सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनभुयो । पालिकाले पाँच हजार लिटर क्षमता भएको चिलिमे भ्याट, पाँचवटा मिल्क एनालाइजरसहित अत्यावश्यक उपकरणमध्ये पाँचवटा डिफ्रीज र ५० वटा दूध सङ्कलन गर्ने क्यान उपलब्ध गराएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...