अहिले तरंगमा

केहि छिनमा

समाचार

उद्यमशीलता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालीम

news

 
रेडियो आँधीखोला
वालिङ, ५ मंसिर ।
वालिङमा दुईदिने उद्यमशीलता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न भएको छ । वालिङ नगरपालिकाको उद्यमशीलता व्यवसाय प्रर्वद्धन तथा नव प्रर्वतन केन्द्र इबिकको आयोजना तथा इन्भेष्ट एण्ड इन्फ्राको प्राविधिक सहयोगमा दुईीदने प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न भएको हो । तालीममा उद्यमशीलताका विषयमा प्रशिक्षण दिईएको थियो । 
तालीममा इन्फ्राका आभा धिताल, सुनिता अधिकारी, पुनम रेग्मी र इशिका अग्रवालले उद्यम कसरी शुरु गर्ने, यसको बजारीकरण, ब्राण्डीङ, वित्तिय व्यवस्थापन, लीन मोडल क्यानभासलगायतको विषयमा दुईदिनसम्म प्रशिक्षण प्रदान गर्नुभएको हो । तालीममा उद्योग वाणिज्य संघ, क्याम्पस, गैह्रसरकारी संस्था, कर्मचारीलगायत १५ जनाको सहभागिता रहेको थियो । 
तालीमको समापनका अवसरमा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले नगरपालिकाले उद्यमशीलतालाई प्राथामिकतामा राखेको भन्दै उद्यमीका उत्पादनको बजारीकरण लगायतका प्राविधिक विषयमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालीममा उत्पादन हुनुभएका प्रशिक्षकहरुले नयाँ उद्यमीहरुलाई थप प्रोत्साहन गर्दै उद्यमशीलताका क्षेत्रमा अगाडि बढेर आफ्नो भविष्य बनाउन खोजिरहनुभएका नवप्रर्वतनहरुलाई सहयोग गर्ने उपप्रमुख तिवारीले बताउनुभयो । विगत ७ वर्षदेखि नै इबिकले वालिङ नगरपालिकामा रहेर उद्यम तथा उद्यमशीलताका क्षेत्रमा काम गर्दै आएको इबिकका फोेकल पर्सन माधव न्यौपानेले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...