समाचार
वालिङमा खाना महोत्सव हुने
वालिङ ९ मंसिर,
रेडियो आँधीखोला ।
वालिङमा यही मंसिर १७, १८ र १९ गते प्रथम वालिङ सडक खाना महोत्सव हुने भएको छ । वालिङ नगरपालिकाको आयोजनामा ३ दिन सम्म हुने सडक खाना महोत्सवका लागी स्टल बुकिङ गर्न नगरपालिकाले आव्हान गरेको छ । ३ दिन सम्म वालिङ ८ मा रहेको पतञ्जली तथा वालिङ खेलमैदानको आसपासको भागदेखि आँधिखोला कोरिडोर हुँदै सुर्कौदी पुलसम्मको क्षेत्रमा स्टल राखि खाना महोत्सव गरिनेछ । स्टलका लागी प्रतिदिन ५०० रुपैँया शुल्क तोकिएको छ ।
स्टल राख्न चाहाने व्यक्ति तथा संस्थाले यहि मंसिर १५ गतेभित्रै कार्यालय समयमा गएर नगरपालिकामा निवेदन पेश गर्न भनिएको छ । स्टलको संरचना भने स्वंय व्यक्ति र संस्थाको जिम्मेवारी हुने भन्दै नगरपालिकाले ठाउँ मात्रै उपलब्ध गराउने जनाएको छ । नगरप्रवक्ता पदमराज गुरुङले स्थानीय परिकार तथा स्थानीय कला र संस्कृतिको जर्गेणाको लागी सडक खाना महोत्सवको आयोजना गरिएको महोत्सवमा विभिन्न जातिय भेषभुषा, संस्कृतिको प्रस्तुति स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै स्थानीय खानाको स्वाद लिन पाईने बताउनुभयो ।