अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङमा ५० घण्टे बारिस्टा तालिम शुरु

news

 
रेडियो आँधीखोला,
वालिङ १२ मंसिर ।
वालिङमा ५० घण्टे बारिस्टा तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र वालिङ उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सामाजिक विकास मन्त्रालय, हेल्भटास अन्र्तगत इन्स्योर परियोजनाको आर्थिक एवं प्राविधिक सहयोगमा ५० घण्टे बारिस्टा तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा इन्स्योर परियोजनाका फोकल पर्सन सञ्जिवबाबु कोईरालाले सिपले नै व्यक्तिलाई सक्षम बनाउँदै उद्यमशीलतातर्फ अगाडि बढाउन मद्दत गर्ने बताउनुभयो ।  
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परियोजनासंग समन्वय गर्दै सिपमुलक तालिम तथा व्यापारी व्यवसायीहरुको हकहितका लागी अभिमुखीकरण कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । सिप आर्जन गरीसकेपछि सिपलाई आफ्नो जिवनमा उपयोग गर्नुपर्ने बताउँदै सिप लिनु भन्दा व्यवहारमा उर्तानु महत्वपुर्ण पक्ष भएकाले सहभागिलाई सिप आफ्नो जिवनमा प्रयोग गर्न उहाँको आग्रह छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य शोभाकान्त पौडेलले उबा संघले व्यापारीहरुको हकहितका साथै उद्यमशीलता अभिवृद्धि गर्न पनि प्रतिवद्ध रहेको बताउनुभयो । सिपयुक्त व्यक्ति देशविदेश जहाँ गएपनि बिक्न सक्ने भएकाले वर्तमान परिप्रेक्षमा सिप महत्वपुर्ण रहेको पौडेलले बताउनुभयो । 
२४ जनाको सहभागिता रहेको तालिममा अमिन श्रेष्ठ र नविस गुरुङले प्रशिक्षण दिनुभएको छ । कार्यक्रम संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारी ढुंगाना र संचालन कार्यालय सचिव बाबुराम रेग्मीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...