समाचार
एमाले महाधिवेसन ः स्याङ्जाबाट १५ जना छनोट
रेडियो आँधीखोला,
मंसिर १३ वालिङ ।
नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाले १५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । १५ जना महाधिवेशन प्रतिनिधिका लागि ८४ जना आकांक्षी देखिएका थिए । भेग, क्षेत्र र संगठनात्मकरुपमा काम गरेका व्यक्तिहरुमध्यबाट सर्वसहमतिमा एमाले स्याङ्जाले प्रतिनिधि छनोट गरेको हो ।
स्याङ्जा संघिय निर्वाचन क्षेत्र नं १ मा खुलाबाट नारायणप्रसाद मरासिनी, सुधिरकुमार पौडेल, महेश पुरी र चुनप्रसाद शर्मालाई महाधिवेशन प्रतिनिधिकारुपमा चुनेको हो । त्यसैगरी महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा चुनिनुभएको छ । युवा प्रतिनिधिमा अमृत नेपाली छनोट हुनुभएको नेकपा एमाले एघारौं राष्ट्रिय महाधिवेसन निर्वाचन समिति स्याङ्जाका संयोजक टंक न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी संघिय क्षेत्र नं २ मा खुलाबाट सुर्यप्रसाद गैह्रे, रामचन्द्र भट्टराई र खिमबहादुर थापा चुनिनुभएको छ । महिलाबाट खगीसरा थापा, भेमला बराल र युवाबाट विश्वनाथ अर्याल रहनुभएको छ । दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चुनिएको निर्वाचन समितिले जनाएको छ ।