अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

 
वालिङ, १५ मंसिर । 
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, अर्जुनचौपारी बजारमा २०५९ सालदेखि संचालनमा आएको ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको साधारण सभा अर्जुनचौपारी खेलमैदानमा सम्पन्न भएको हो ।
साधारण सभालाई सम्बोधन गर्दै साना किसान विकास बैंकका संचालक सुखदेब न्यौपानले पछिल्लो समय सहकारी क्षेत्र बदनाम हुँदै गएको समयमा ग्रामिण स्वावलम्बन सहकारीले अर्जुनचौपारीका स्थानीय शेयर सदस्यलाई गरेको सेवा प्रसंशा योग्य रहेको बताउनुभयो ।
सहकारीको वार्षिक साधारण सभामा बोल्दै सहकारीका संस्थापक अध्यक्ष तथा अर्जुनचौपारी गाउँपालिकाका पूर्व अध्यक्ष दीर्घनारायण अर्याल, गाउँपालिकाका पूर्व उपाध्यक्ष चिनमाया गुरुङ्, साना किसान विकास बैंक पोखराका प्रबन्धक पदमराज रेग्मीले सानो सानो बचतबाट आर्थिक उन्नतीमा लाग्न सकिने भएकाले बचत गर्ने बानीको विकास गर्न आग्रह गर्नुभयो ।
दुई करोड शेयर पुँजी रहेको बाह्यि ऋण १५ करोड र १५ करोड निक्षेप सकंलन गरेको सहकारीले २५ करोड कर्जा लगानी गरेको छ । सहकारीले गएको आर्थिक वर्ष २०८१÷०८२ मा झण्डै ८० लाख मुनाफा आर्जन गर्न सफल भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस अवसरमा सहकारीका केन्द्रहरुमध्ये उत्कृष्ट केन्द्रलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष बोध नारायण रेग्मीको अध्यक्षतामा भएको २३ औं वार्षिक साधारण सभा कार्यक्रमको संचालन सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले गर्नुभएको थियो भने सहकारीका उपाध्यक्ष प्रेमबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...