अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्वर्गीय लम्सालको स्मृतिमा रक्तदान, ४० युनिट रगत संकलन

news

 
वालिङ, २२ मंसिर । 
स्वर्गीय माधव प्रसाद लम्सालको ४५ औँ पुण्यतिथिमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ लामागेमा खुला रक्तदान कार्यक्रम भएको छ । श्रवण माध्यमिक विद्यालयको प्राङ्गणमा रेडक्रस स्याङ्जाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र केसीले जानकारी दिनुभयो । स्व. लम्सालको कार्तिक ७ गते सवारी दुर्घटनामा निधन भएको थियो । उहां विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका उपसचिव समेत हुनुहुन्थ्यो । 
कार्यक्रममा स्याङ्जा जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष अधिवक्ता तुलसी गिरीले लम्सालको निधनले जिल्लाले सक्षम र इमानदार व्यक्तित्व गुमाएको भन्दै भावुक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । कृषि क्षेत्रमा उहां विशेषज्ञका रूपमा रहनुभएको थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र केसी, रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्याल, सदस्य विश्वेश्वर गिरी र परिवारको तर्फबाट पृथ्वी लामिछाने लगायतले लम्सालको योगदानलाई सम्झिएका थिए । उनीहरूले कृषि तथा समाज सेवामा उहांका कामहरू दीर्घकालसम्म प्रेरणादायी रहने बताएका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...