अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

नागरिकको स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकता दिएको छ ः मन्त्री पाठक

news

 
रेडियो आँधीखोला
वालिङ, २२ मंसिर । 
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकता दिएको बताउनुभएको छ । आईतबार स्याङ्जाको बिरुवा गाउँपालिका ६ चिन्नेबासमा आधारभुत अस्पताल भवनको उद्दघाटन गर्दै मन्त्री पाठकले तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको पालामा एक पालिका एक अस्पतालको अवधारणा अनुसार देशका विभिन्न पालिकाहरुमा अस्पताल निर्माण पश्चात सञ्चालन पनि भईसकेको बताउनुभयो । 
बिरुवामा अस्पताल भवन निर्माणसंगै यहाँ दक्ष जनशक्ति र प्राविधिक उपकरण समेतको व्यवस्था गरिने भएकाले अस्पतालमा १ जना पालिकाले र १ जना प्रदेशले दरबन्दीमा चिकित्सक पठाउने मन्त्री पाठकले बताउनुभयो । ३ तहको सरकारको पोलिसि रहेको मुलुकमा स्थानीय सरकारलाई प्रदेश सरकारले दक्ष जनशक्ति, औषधि तथा उपकरणहरुको व्यवस्थापन प्रदेश तहको सरकारले व्यवस्था गर्ने मन्त्री पाठकले बताउनुभयो । 
पछिल्लो समय नेपालमा नसर्ने रोग बढेका कारण प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरेर समुदायस्तरमा पुगेर स्क्रिनीङ गर्ने र नसर्ने रोगबाट बच्नका लागी नागरिकलाई सचेत बनाउने बताउनुभयो । नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आफ्नो कार्यकालमा १३ अस्पतालको स्तरोन्नति गरिएको बताउँदै आयुर्वेद उपचारलाई समेत प्रदेशले उत्तिकै चासोका साथ काम गरिरहेको मन्त्री पाठकले बताउनुभयो । वर्तमान समय निकै असहज परिस्थितिमा रहेको भन्दै मुलुकमा संघिय गणतन्त्रको स्थापना पछि धेरै विकास निर्माणका कार्यहरु भएको मन्त्री पाठकले बताउनुभयो । 
६ रोपनी ७ आना ३ पैसा ३ दामको क्षेत्रफलमा फैलिएको अस्पताल १० शैयाको रहेको छ । अस्पतालमा मेडिकल अफिसर सहित १६ जना कर्मचारी रहनेछन् । अस्पताल सामाजिक विकासमा लागी सहयोग हात संस्थाले १ करोड ७४ लाख ८० हजारको लागतमा निर्माण गरिएको हो । अस्पतालबाट विरुवा गाउँपालिका सहित हरिनास गाउँपालिका र चापाकोट नगरपालिकाका नागरिकले पनि सेवा लिनेछन् । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुँवरले उपचारको लागी टाढा टाढा धेरै पैसा खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै नागरिकको स्वास्थय पालिकाको पहिलो प्राथामिकता रहेको बताउनुभयो । अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भगवती शर्मा र संचालन प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...