समाचार
अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, १ पौष ।।
प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न गर्ने ट्याक्टर नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले भीरकोट ४ स्थित आँधीखोला किनारमा अवैधमा रुपमा नदिजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।
ग. १ त. ५६४२ नम्बरको ट्याक्टरलाई बालुवा लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।