अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता, बिना रेग्मी प्रथम

news

 
रेडियो आँधीखोला
वालिङ, २ पौष । 
स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसमा क्याम्पसको ४६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ’शान्ति र विकासका लागि युवा शीर्षकमा वक्तृत्वकला प्रतियोगिता क्याम्पसको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुँदै क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रेले प्रतियोगिताको शीर्षक समय सान्दर्भिक रहेको बताउदै विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । यस प्रकारका प्रतियोगिताले बोल्ने कलाको विकास हुने उहाँको भनाई थियो ।
प्रतियोगितामा प्रथम बिना रेग्मी, द्वितीय आयुष्मा काफ्ले, तृतीय देवी पाठक र सान्त्वना स्थान बबिन पाठकले प्राप्त गर्नुभएको थियो । उक्त प्रतियोगितामा सात जना प्रतियोगीहरूले भाग लिएका थिए । प्रतियोगितामा निर्णायकको भुमिकामा क्याम्पसका उप प्राध्यापकहरू विनोद खनाल, राजु अर्याल र इन्दु श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका सदस्य एवम् अतिरिक्त क्रियाकलाप प्रमुख पदम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन कार्यक्रमका संयोजक सहायक प्राध्यापक श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...