अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जेष्ठ नागरिकको घरघरमा पुग्यो लायन्स क्लब भीरकोट

news

 
रेडियो आँधीखोला,
वालिङ ४ पौष ।
लायन्स क्लब भीरकोट जेष्ठ नागरिकको घरघरमा पुगेको छ । क्लबले न्यानो कपडा उपहार लिएर ८४ वर्ष नाघेका जेष्ठ नागरिकहरुको घरघरमा पुगेको हो । भीरकोटका ९ वटै वडामा रहनुभएका ८४ वर्ष माथिका जेष्ठ नागरिक सम्मान गर्ने अभियानको शुभारम्भ शुक्रबार वडा नं. ९ बाट गरिएको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्र्तगत हरेक वर्ष यस्ता सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको छ । यो वर्ष क्लबले जेष्ठ नागरिक सम्मान स्वरुप न्यानो कपडा उपहार प्रदान गरेको हो । 
शुक्रबार वडा नं. ९ मा रहनुभएका २० जना ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको घरघरमा पुगेर सिरेक, टोपी र जुत्ता उपहार प्रदान गरिएको क्लबका सचिव अमृत अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले सेवा भावका साथ अगाडि बढेको लायन्स क्लबले जेष्ठ नागरिकहरुको आर्शिवाद लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । 
कार्यक्रममा वडा अध्यक्ष भिमबहादुर गुरुङ, वडा नं. ७ का अध्यक्ष ताराप्रसाद अर्याल, क्लबका निर्वतमान अध्यक्ष ढाकाराम खनाल, हालका अध्यक्ष चिन्तामणि चापागाँई, उपाध्यक्ष किरण केसी, सचिव अमृत अर्याल, कोषाध्यक्ष राजन सुनार, वडा नं. १ का सदस्य सुरेश खांण, खेमबहादुर गुरुङलगायतले सहभागिता रहेको थियो । क्लबले एक जना जेष्ठ नागरिकलाई ४ हजार बराबरको न्यानो कपडा वितरण गरेको छ । शुक्रबार २० जनालाई ८० हजार बराबरको न्यानो कपडा वितरण गरेको हो । 
क्लबको सामाजिक उत्तरदायित्व कोष अन्र्तगत रहेको रकमबाट यो कार्यक्रम गरिएको क्लबले जनाएको छ । क्लबका सदस्य तथा पदाधिकारीले आ–आफ्नो जन्मदिनमा जन्मदिन गर्ने फजुल खर्च कटाएर कोषमा जम्मा गर्ने र उक्त रकमबाट नै यस्ता सामाजिक कार्यक्रम गर्दै आएको क्लबले जनाएको छ 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...