समाचार
पुर्व विद्यार्थी मञ्च पुर्णामृत भवानी माविको साधारण सभा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १० पुस ।
पुर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० को ६३औँ वार्शिकोत्सवका अवसरमा पुर्व विद्यार्थी मञ्च पुर्णामृत भवानी माविको साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा मञ्चका अध्यक्ष डा. अग्निप्रसाद काफ्लेले वार्शिक प्रतिवेदन, कोषाध्यक्ष टेकबहादुर घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष घर्तीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार हाल ४ लाख रुपैँया संस्थामा मौज्दात रहेको र स्याङ्जा सहयोग समाज अमेरिका मार्फत रेशमबहादुर घर्ती र मनुजा काफ्लेको पहलमा साढे ५ लाख रुपैँया संस्थामा आउने उल्लेख गरिएको छ ।
उक्त रकम विदालयको शैक्षिक गुणस्तर सुधार गर्ने काममा प्रयोग गरिनेछ । पुर्व विद्यार्थी मञ्चको वर्तमान विधानमा १३ सदस्यीय कार्यसमिति रहेकोमा विधानको परिच्छेद ५ धारा १४ मा उल्लेख भएबमोजिमको कार्यसमिति पुर्नगठन गरिएको छ भने विभिन्न ४ उपसमिति पनि गठन गरिएको छ ।
पुर्नगठित समितिको अध्यक्षमा डा. अग्निप्रसाद काफ्ले, उपाध्यक्षमा कल्पना बस्याल र त्रिलोचन पंगेनी, सचिवमा यमकान्त खनाल, सहसचिवमा तारा सुवेदी, कोषाध्यक्षमा टेकबहादुर घर्ती, सहकोषाध्यक्षमा विष्णुप्रसाद अर्याल रहनुभएको छ भने सदस्यहरुमा दिलिप बगाले, विद्या श्रेष्ठ, मधुसुदन आचार्य, लिलबहादुर रनपाल, नारायण भण्डारी, हरिप्रसाद तिवारी, अनन्तराज डुम्रे, भानु पाठक, डोलराज पंगेनी, तोयनारायण कंडेल, गोविन्द गैह्रे गोपाल र पदेन सदस्यमा विद्यालयका प्रअ दिपक लम्साल रहनुभएको छ ।
उपसमितिहरुमा डा. लेखनाथ बगालेको संयोजकत्वमा विज्ञ उपसमिति ,डोलराज पंगेनीको संयोजकत्वमा आर्थिक उपसमिति, भानु पाठकको संयोजकत्वमा विदेश समन्वय उपसमिति र गोपालप्रसाद गैह्रेको संयोजकत्वमा पुर्व विद्यार्थी समन्वय उपसमितिको गठन गरिएको हो । त्यसैगरी संसथाको साधारण शुल्क २ सय, साधारण आजिवन सदस्य शुल्क २ हजार, आजिवन सदस्य ५ हजार, विषेश आजिवन सदस्य शुल्क १५ हजार, विशिष्ट आजिवन सदस्य २५ हजार, संरक्षक शुल्क ५० हजार, विषेश संरक्षक शुल्क १ लाख लिने निर्णय गरिएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष डा. काफ्लेले हालसम्म पुर्व विद्यार्थी मञ्चले शिक्षकहरुका लागी तालिम प्रदान गरेको र विद्यार्थीहरुका लागी खेल सामाग्री उपलब्ध गराईएको जानकारी गराउनुभएको थियो ।