अहिले तरंगमा

केहि छिनमा

समाचार

रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङको १८औँ साधारण सभा

news

 
रेडियो आँधीखोला,
वालिङ १० पुस ।
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङ ६ मिर्दिको १८औँ साधारण सभा सम्पन्न भएको छ । विहिबार पतञ्जली योग भवनपरिसरमा आयोजित साधारण सभाको उद्दघाटन जिल्ला बचत संघ स्याङ्जाका लेखा संयोजक तथा संस्थाका संस्थापक अध्यक्ष मुक्तिप्रसाद पाण्डेले गर्नुभएको हो । उद्दघाटन समारोहमा संस्थापक अध्यक्ष पाण्डेले सहकारीको निति र सिद्धान्तका साथ सहकारी अगाडि बढेको बताउनुभयो । संस्थापक अध्यक्ष पाण्डेले सहकारी भनेको स साना पुँजीलाई एकिकृत गरी सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउनु रहेको बताउनुभयो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सरस्वति बगाले, संस्थाका पुर्व सल्लाहकार धु्रवप्रसाद शर्मापंगेनी, नगरपालिका शिक्षा समिति सदस्य भुपराज बगाले, पुर्व लेखा संयोजक धु्रव सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद पाण्डे, उपाध्यक्ष हुमनाथ अर्याल, कोषाध्यक्ष खिमानन्द पराजुली, सचिव शान्त थापा, लेखा तथा सुपरिवेक्षण समिति संयोजक कुलदेव लामिछाने, शिक्षा समिति संयोजक पदमप्रसाद पाण्डे, प्रबन्धक पदमराज रेग्मीले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा संस्थापक अध्यक्ष मुक्तिप्रसाद पाण्डे, जेष्ठ सेयर सदस्यहरु चिरञ्जीवी अर्याल र रेवती थापा, उत्कृष्ठ कारोबारी रनमाया पाण्डे र अम्मरबहादुर गाहा, एसईईमा उत्कृष्ठ नजिता ल्याउने छात्रछात्राहरु नेपाल आर्दश माविका सुवृत्ति गौतम, नेपाल आर्दशकै स्मृति खनाल, बालविद्या माविका श्रवण पंगेनी, नेपाल आर्दशकै दृष्टि न्यौपानेलाई सम्मान गरिएको थियो । १२ सय सेयर सदस्य रहेको सहकारीले ३६५ दिनमा ३६० दिन सेवा प्रवाह गर्दैै आएको छ । कार्यक्रम अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव शान्ता थापाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...