अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङको वडा नं ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

news

 
रेडियो आँधीखोला
वालिङ, १२ पौष । 
वालिङको वडा नं ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा वालिङ नगरपालिका र सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर स्याङ्जाको संयुक्त आयोजनामा वालिङ नगरपालिका वडा नं ५ स्थित जगत भञ्ज्याङ स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 
शिविरमा स्थानीयको सामान्य स्वास्थ्य परीक्षण, रोग पहिचान तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेको भनाई छ । सेवाग्राहीको आर्थिक अवस्थालाई मध्यनजर गर्दे स्थानीय स्तर बाटै रोग निको हुने सम्भावना देखिएका सेवाग्राहीहरुलाई उक्त्त शिविर बाटै औषधी प्रदान गरिएको प्रमुख पाण्डेले बताउनुभयो । शिविरमा १६२ जनाको आँखाको परिक्षण गरिउको छ भने १४५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । आँखा परिक्षणका ३ जनालाई शल्यक्रिया गरिने भएको छ । 
शिविरमा उपस्थित भएका स्थानीयवासीहरूले नगरपालिका र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा गरेको यस पहलको खुलेर प्रशंसा गरेका थिए । यस्ता सचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य शिविरहरू बेला–बेला सञ्चालन गर्दा ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने र आर्थिक अभावका कारण सामान्य रोग पालेर बस्न बाध्य स्थानीयलाई राहत पुग्ने भएकोले वालिङका १४ वटै वडामा घुम्ती रुपमा सञ्चालनको तयारी भईरहेको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेको भनाई छ । नागरिकको सहजताको लागी आयोजित शिविरमा धेरै नागरिक  लाभान्वित हुनुभएको भन्दै आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने वडा अध्यक्ष छवि आलेले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...