समाचार
नेपाल पुस्तक स्याङ्जाको नयाँ कार्यसमिति चयन
वालिङ, १६ पौष ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जाको आठौँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । मंगलबार स्याङ्जाको वालिङमा सम्पन्न अधिवेशनले ध्रुव खनालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । कार्यक्रम छायादेवि लुइँटेलको अध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेस्नरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्ष कृष्ण प्रसाद पोख्रेल, विशिष्ट अतिथिमा केन्द्रीय केन्द्रीय सदस्य किसान श्रेष्ठ, गण्डकी प्रदेशका उपाध्यक्ष रामचन्द्र नेपाल, अन्य अतिथिमा प्याप्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र गोदार त्यसैगरी निवर्तमान जिल्ला अध्यक्ष चुडामणि लुइटेल (रामु) लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य चुडामणि लुइँटेल (रामु) को संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डलले विधान बमोजिम प्रक्रिया पूरा गरी आगामी कार्यकालका लागि पदाधिकारी र सदस्यहरूको चयन गरेको हो ।
अध्यक्षमा ध्रुव खनाल चयन हुनुभएको छ भने प्रथम उपाध्यक्षमा नवीन (चिरञ्जीवी) रेग्मी, द्वितीय उपाध्यक्षमा सुदर्शन रेग्मी, सचिवमा पार्वती न्यौपाने, कोषाध्यक्षमा सागर देवकोटा र सह–सचिवमा मीना पाण्डे रहनुभएको छ । सदस्यहरूमा विद्या अर्याल, राजबहादुर बि.सी., घनश्याम डुम्रे, नारायणी तिमिल्सिना, गंगा खनाल र बसन्त थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
यसअघि नयाँ समिति चयनका लागि चुडामणि लुइँटेल (रामु) संयोजक तथा विष्णु प्रसाद अर्याल र राजु गैह्रे सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो। नयाँ कार्यसमितिले जिल्लामा रहेका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको हकहित र व्यावसायिक सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ ।