अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेपाल एसबिआई बैंक लिमिटेड वालिङद्धारा आश्रममा खाद्यान्न तथा पानी तताउने मेसिन प्रदान

news

 
रेडियो आँधीखोला,
वालिङ १८ पुस ।
नेपाल एसबिआई बैंक लिमिटेड वालिङले आश्रममा खाद्यान्न तथा पानी तताउने मेसिन प्रदान वाटर डिस्पेन्सर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गल्याङ १ राम्दीमा रहेको बृद्धाश्रममा ३६ हजार ५०० रुपैँया बराबरको चामल, दाल तेल, आँटा, भुजा, मसलालगायतका खाद्य सामाग्री र वाटर डिस्पेन्सर प्रदान गरेको बैंकले जनाएको छ । बैंकले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर सामाजिक कार्य गर्दै आईरहेको छ । 
शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था वालिङ १० द्धारा सञ्चालित आश्रममा २६ जना बृद्धबुवाआमाहरुले आश्रय लिएर बस्दै आउनुभएको छ । कार्यक्रममा बैंकका प्रबन्धक आलोक देवले बैंकले यो वर्ष सामाजिक उत्तरदायित्व अन्र्तगत आश्रमलाई सेवा गर्ने अवसर प्राप्त गरेको भन्दै बृद्धबृद्धाहरुको बसाईलाई थप सहजता बनाउनका लागी केहि खाद्य सामाग्री पानी तातो बनाउने मेसिन प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा आश्रमका कार्यालय सचिव सुनिल श्रेष्ठले सहयोगी दाताहरुको सहयोगले नै आश्रमलाई सहज रुपमा सञ्चालन गर्न टेवा पुगेको बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...