अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

मेरो बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधरणसभा सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, २१ पौष । 
मेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १२औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरुले आफ्ना निति र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सदस्यहरुको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, संस्थाका पुर्व अध्यक्ष मणिप्रसाद पाण्डे, शिक्षा उपसमिति संयोजक टंकनाथ ज्ञवलीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रमेश अर्याल, कोषाध्यक्ष सिर्जना बस्याल पाण्डे, लेखा संयोजक नारायणप्रसाद रेग्मी, प्रबन्धक शर्मिला अर्यालले आआफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा उत्कृष्ट बचतकर्ता सविता पंगेनी, उत्कृष्ट मासिक बचतकर्ता ढालबहादुर थापा, उत्कृष्ट ऋणि केशरी कर्माचार्य, उत्कृष्ट कर्मचारी लेखापाल सर्मिला एसके सम्मानित हुनुभएको छ । कार्यक्रम अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव प्रकाश पाण्डेले गर्नुभएको थियो । सहकारीमा ५५० जना सेयर सदस्यहरु रहेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...