अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

फापरथुममा साहित्यिक तथा वैचारिक गोष्ठी र पुस्तक विमोचन

 
रेडियो आँधीखोला
वालिङ, २२ पौष । 
स्याङ्जाको आँधीखोला गाउँपालिका– ६ फापरथुममा साहित्यिक तथा वैचारिक गोष्ठी र पुस्तक विमोचन गरिएको छ । आनन्दआश्रम ज्ञान केन्द्रले ३५ औँ अध्यायमा संस्थाका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासंग्रह ‘आक्रोश’को विमोचन गरिएको हो । पुस्तकको वरिष्ठल साहित्यकार विश्वप्रेम अधिकारीले गर्नु भएको हो ।
आनन्दआश्रममा गरिने साहित्यिक गतिविधिले ग्रामीण क्षेत्रमा साहित्यिक जागरण ल्याएको अधिकारीले बताउनुभयो । पुस्तकको समीक्षा अग्रज कवि चिन्तु गिरीले गर्नुभएको थियो । यस्तै कार्यक्रममा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट छात्रा र छात्र पुरस्कारको लागि विद्यार्थीहरूकाबीचमा आँधीखोला शीर्षकमा कविता लेखन तथा वाचन गरिएको थियो ।
मूल्याङ्कनमा पूर्णामृत भवानी मावि वालिङ्की छात्रा स्मारिका अर्याल र प्रद्युम्नपनेरु मावि रङ्गेठाँटीका छात्र सम्पन्न पोखरेल उत्कृष्ट ठहरिनु भएको थियो । उहाँहरुलाई २०८२ माघ २४ गते काठमाडौँमा पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।
कार्यक्रममा हिमलाल पुरी, चिन्तु गिरी, हिमालयजंग बानियाँ, राजेन्द्र श्रेष्ठ, नारायण लम्साल, देशबन्धु आचार्य, श्यामप्रसाद ढुङ्गाना, त्रिलोचन ढकाल, दोलराज ढकाल, खेमनारायण लामिछाने लगायतले रचना प्रस्तुत गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...