अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अर्मादी खोलामा पक्की पुल निर्माण थालियो

 
 
वालिङ, २२ पौष । 
स्याङ्जाको वालिङ नगरपालिका १ अर्मादी खोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला कोरिडोर अन्तर्गत वालिङ १ को सरसफाई केन्द्र नजिकै अर्मादी खोलामाथि पक्की पुल निर्माण थालिएको हो ।
 
वालिङ नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारै किनार निर्माण गरेको आँधीखोला कोरिडोरको अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गकोरुपमा प्रयोग गर्न सकिने भएको हो ।
 
आँधीखोला र अर्मादी खोलाको दोभानमा पुल निर्माण हुने भएपछि वालिङ बजारबाट दैनिक वालिङ सरसफाई केन्द्रमा जान आउन सजह हुने भएको वालिङ नगरपालिकाका ईञ्जिनियर ध्रुब रेग्मीले जानकारी दिनुभयो ।
 
“नगरपालिकाको बजार क्षेत्रबाट दैनिक सङ्कलन हुने कुहिने, नकुहिने, सिसाजन्य तथा दिशाजन्य फोहोरहरु सरसफाई केन्द्रमा लैजान सहज हुने भएको छ” उहाँले भन्नुभयो, “साथै सिद्धार्थ राजमार्गको वैकल्पिक सडककोरुपमा पनि यसलाई प्रयोग गर्न सकिने भएको हो ।”
 
पुल निर्माणकालागि डिएसएमवाई जेभीसित ठेक्का सम्झौता भएको छ । मुल्य अभिवृद्धि कर र पिएससहित रु. तीन करोड ३७ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न हुने भएको उहाँले जानकारी दिनुभयो ।
एउटा स्पानमा निर्माण हुने उक्त पुलको लम्बाई २५ मिटर र फुटपाथसहित चौडाई ८ मिटर ४० सेन्टिमिटर हुने भएको हो । पुल २०८३ जेठ मसान्तसम्म सक्ने गरी निर्माण सुरु भएको उक्त पुलको अहिले फाउण्डेशन निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।
 
हिउँदमा खोलाबाटै गाडी वारपार गरेतापनि वर्षायाममा खोलाबाट गाडी वारपार गर्न नसक्दा फोहोरमैलाको गाडी अन्यत्रबाट घुमाएर लानुपर्ने बाध्यता थियो । वर्षायाममा खेती किसानी गर्ने किसानहरुले ट्रयाक्टर लैजान तथा अन्य साधनहरु लिएर जान आउन पनि समस्या भएको थियो ।
 
वालिङ बजारदेखि सरसफाई केन्द्रसम्म जान आउनकालागि अर्मादी र मिर्दी खोला रहेका छन् । यसवर्ष अर्मादी खोलामा पक्की पुल बनेपनि मिर्दी खोलामा खोलाबाटै सवारी साधनहरु सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । वर्षाका समयमा पनि आँधीखोला कोरिडोरमा निर्वाधरुपमा सवारी साधन सञ्चालन गर्ने हेतुले आगामी आर्थिक वर्षमा मिर्दीखोलामा पनि पक्की पुल निर्माण गर्नकालागि ठेक्काको तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
 
आँधीखोलाको किनारै किनार भएर गएको आँधीखोला कोरिडोरमा पुल निर्माण भएपछि आँधीखोलाको किनार, अर्मादी खोला र मिर्दी खोलाको किनारमा फैलिएका खेतीयोग्य भूमिमा उब्जाउ भएका कृषिजन्य वस्तु तथा नदीजन्य सामग्रीहरु कोरिडोर हुँदै ढुवानी गर्न सकिने छ । कोरिडोर पूर्णमारुपमा सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग तथा वालिङ बजारभित्रका सडकहरुमा सवारी चाप कम हुने छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...