अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा ३०४ औं पृथ्वी जयन्ती मनाईयो

news

 
वालिङ, २८ पौष । 
स्याङ्जामा विविध कार्यक्रम सहित ३०४ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाईएको छ । आईतबार जिल्लाभरी नै विभिन्न कार्यक्रम सञ्चालन गरि विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको हो ।
पृथ्वी जयन्तीको अवसरमा पुतलीबजार १४ स्थित पाणिनी आश्रम तथा संस्कृत गुरुकुलममा भएको जिल्ला स्तरीय वकृत्वकला प्रतियोगितामा कालिका मा वि का छात्रा कुशुम रेग्मीले प्रथम स्थान प्राप्त गर्नुभएको छ । यस्तै, साइन भिलेज इन्टरनेशनल एकेडेमिका छात्रा कृपा गैरेले द्धितिय, काजिमान हरिटिका मा वि कि छात्रा ओजस्वी सिग्देल तृतिय हुनुभएको हो । प्रथम द्धितिय तृतिय हुने विद्यार्थीले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा जिल्लाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको संघका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।
सफल प्रतियोगिहरुलाई पुरस्कार प्रदान गर्दै स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बुद्दि बहादुर राना (कुमार) ले पृथ्वी नारायण शाहले देखाएको बाटो हामीले बिर्सन नहुने र उहाँका दिव्योपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाले बताउनुभयो । रानाले हाम्रो धर्म संस्कृतीको संरक्षण गर्ने काम हामीहरुको हो र जति परिवर्तन सयम भए पनि हामीले बिगतका इतिहासलाई बिर्सन नहुनेमा जोड दिनुभयो । 
यसअघि संघले आईतबार बिहान अर्जुनचौपारी गाउँपालिका वडा न १ को कार्यालय अगाडि पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम गरेको थियो । यस्तै, आईतबार साँझ वालिङ मोडमा विश्व हिन्दु युवा संघको आयोजनामा दिप प्रज्वलन तथा पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो । ॐकार इभेन्टस हब तथा विश्व हिन्दु युवा संघ स्याङ्जाको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...