अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

 
वालिङ, ३० पौष । 
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–१ माटेथर निवासी ५० वर्षीय सूर्यबहादुर रोका रहेका छन् ।
३८ वर्षीया महिलामाथि २०८२ साल साउन २५ गते जबरजस्ती करणी भएको भन्दै पीडित पक्षबाट पुस २६ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी परेको थियो । आरोपित व्यक्तिलाई पुस २६ गते साँझ करिब ७ बजे सोही वडाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
आरोपितलाई पुस २८ गते स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको डिएसपी चौधरीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...