समाचार
हातहतियार बुझाउन प्रशासनको आग्रह
वालिङ, ३० पौष ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हातहतियार बुझाउन आग्रह गरेको छ ।
निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजानाहरु आगामी माघ १५ गतेसम्म बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्र्रेम सुवेदीले जानकारी दिनुभयो।
आफूसँग भएका हतियार जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित सबैलाई आग्रह गरिएको हो । प्रशासनले जारी गरेको सूचनाको वर्खिलाप भए गरिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो।