अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सुनमा नयाँ किर्तिमान, एकैदिन १० हजार बढ्यो

news

 
वालिङ ७ माघ ।
सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।
 
सुनसँगै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर तोलाको ५ हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ थियो ।
 
विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको विश्लेषण गरिएको छ ।     
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...