अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

निति निर्माण तहमा महिलाको अर्थपुर्ण सहभागिता आवश्यक छ ः राना

news

रेडियो आँधीखोला,
वालिङ १३ माघ । 
नेपाल मगर महिला संघ केन्द्रिय अध्यक्ष हिरुसरा रानाले राज्यको निति निर्माण तहमा महिलाको अर्थपुर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभएको  छ । मंगलबार नेपाल मगर महिला संघ स्याङ्जाको चौँथो अधिवेसनको वालिङमा उद्दघाटन गर्दै केन्द्रिय अध्यक्ष रानाले मुलुक निर्माणका लागी विभिन्न कालखण्डमा महिलाहरुले पनि महत्वपुर्ण योगदान पु¥याएको स्मरण गर्दै संविधानले महिला अधिकार र सहभागिताको कुरा उल्लेख गरिएपनि पुर्ण कार्यान्वयनमा नआएको बताउनुभयो । 
जनसंख्याको हिसाबले नेपालको तेस्रो नम्बरमा रहेको मगर जाति र जनजाति मध्ये सबैभन्दा धेरै जनसंख्या रहेको मगर जातिले मुलुकका ठुला ठुला आन्दोलनमा आफ्नो बलिदानी दिएको अध्यक्ष रानाले बताउनुभयो । मगर जातिमा पनि मगर महिलाहरु नेतृत्वतहमा कमै मात्रामा पुगेको भन्दै मगर महिलाहरु देशको राजनितिक, सामाजिक, आर्थिक क्षेत्रमा अग्रसर हुनुपर्नेमा उहाँको जोड थियो । 
कार्यक्रममा नेपाल मगर संघका पुर्व केन्द्रिय अध्यक्ष महेन्द्र थापा, नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापा, नेपाल मगर महिला संघ केन्द्रिय सदस्य रुपा आलेथापा, नेपाल मगर संघ जिल्ला अध्यक्ष सागर चर्तिमगर, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य  क्या.डिलबहादुर थापा, नेपाल मगर संघ वालिङ नगर अध्यक्ष क्या. विश्वप्रकाश थापालगायतले मगर जातिको पहिचान र अधिकारका लागी मगर संघसंगठन एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम नेपाल मगर महिला संघ वालिङ नगर अध्यक्ष कृष्णमाया रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष खिमकुमारी थापा र संचालन सचिव लक्ष्मी थापाले गर्नुभएको थियो । चौँथो जिल्ला अधिवेसनले पुनः कृष्णमाया रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...