समाचार
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
रेडियो आँधीखोला
वालिङ, १४ माघ ।
घुरुङ्खा माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । महालक्ष्मी नगरपालिकाको सहयोगमा कार्नेट नेपालद्धारा प्राप्त शैक्षिक सामाग्री वालिङ नगरपालिकाको सहजीकरणमा मंगलबार वालिङ १२ मा रहेका घुरुङ्खा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिएको हो ।
आँपचौरमा रहेका विद्यालय प्रांगणमा गरिएको कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले शैक्षिक सामाग्री सहयोग गर्ने संस्थाप्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण वृद्धि गर्न विषेश योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
शिक्षा प्रणालीलाई समयनुकुल परिमार्जन गर्दै लैजानुपर्ने भन्दै आजको आवश्यकता व्यवहारिक तथा प्राविधिक शिक्षा भएको प्रमुख खांणले बताउनुभयो । कक्षा १ देखि ३० सम्म अध्ययन गर्ने ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।