अहिले तरंगमा

केहि छिनमा

समाचार

जिल्ला स्तरीय हिज्जे प्रतियोगिता सगरमाथा मावि वालिङमा सम्पन्न

 
वालिङ, २ फागुन । 
जिल्लास्तरीय हिज्जे प्रतियोगिता सगरमाथा आवसिय मावि वालिङ मिर्दिमा सम्पन्न भएको छ । नेल्टा स्याङ्जाको आयोजना तथा सगरमाथा माविको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा त्रिभुवन आर्दश मावि प्रथम भएको छ । 
प्रतियोगितामा स्याङ्जा मावि द्धितिय, रोशनी बोर्डिङ स्कूल तृतिय र ज्योति मावि सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम भएको त्रिभुवन आर्दश माविले  रनिङ शिल्ड, ट्रफि, मेडल, प्रमाणपत्र र नगद प्राप्त गरेको छ । प्रतियोगितामा विजेता तथा उपविजेता विद्यालयलाई पुरस्कार वितरण गर्दै वालिङ नगरप्रमुख कृष्ण खांणले नेल्टाले विद्यार्थी र शिक्षकहरुको सिकाई वृद्धिका लागी बेला बेलामा यस्ता कार्यक्रम आयोजना गर्दै आएको भन्दै हरेक संस्थाले यस्तै सकरात्मक कार्य गरियो भने सभ्य समाज निर्माण हुने बताउनुभयो । 
कार्यक्रममा नेल्टाका गण्डकी प्रदेश कमलराज लम्साल, सगरमाथा माविका पिन्सीपल युक्तबहादुर बोगटीलगायतले नेल्टा गरेका कामको प्रशंसा गर्नुभएको थियो । कार्यक्रम नेल्टाका अध्यक्ष ओमविकास सिंजालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत डा. तोयनाथ कोईराला र संचालन यामप्रसाद डुम्रे अमृतले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीका तर्फबाट सगरमाथा माविका रोजिना रेग्मीले स्वागत गर्नुभएको थियो भने विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । 
नेल्टाले हरेक वर्ष जिल्ला स्तरीय हिज्जे प्रतियोेगिता संचालन गर्दै आएको र शिक्षकहरुको क्षमता विकासका लागी विभिन्न विषयगत तालिमहरु समेत संचालन गर्दै आएको नेल्टाका अध्यक्ष सिंजालीले बताउनुभयो । प्रतियोगितामा ३९ विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको सहजीकरण नेल्टाका कार्यक्रम संयोजक सुनिल जिसिले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...