अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

प्रथम शहिद क्या.लखन थापाको १४९औँ स्मृति दिवस वालिङमा मनाईयो ।

news

 
रेडियो आँधीखोला,
वालिङ २ फाल्गुन ।
प्रथम शहिद क्या. लखन थापाको १४९औँ स्मृति दिवस स्याङ्जाको वालिङमा मनाईएको छ । नेपाल मगर संघ वालिङ नगर समितिले शनिबार मगर भवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघ केन्द्रिय निर्वाचन समिति सदस्य तेजबहादुर आलेले राज्यले प्रथम शहिदको रुपमा लखन थापालाई घोषणा गरेपनि व्यवहारिक रुपमा कार्यान्वयनमा आउन नसकेको गुनासो गर्नुभयो ।  
राणा शासनका विरुद्ध विद्रोह गरेका थापालाई राष्ट्रिय विभुति घोषणा गरेर प्रथम शहिदको सम्मान दिन आवश्यक रहेको केन्द्रिय निर्वाचन समिति सदस्य आलेले बताउनुभयो । कार्यक्रममा कर्णेल धनबहादुर थापाले सरकारले प्रथम शहिद घोषणा गरेपनि अझै पनि लखन थापाले उचित सम्मान पाउन नसक्नु निकै दुखद रहेको बताउनुभयो । 
कार्यक्रममा डिएसबि वालिङका प्रमुख हनेरी नरबहादुर पुन, नेपाल मगर महिला संघ केन्द्रिय सदस्य रुपा आलेथापा, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य कृष्णमाया थापा, नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष उमेश दर्लामी, वालिङ नगरपालिका वडा नं. ५ का अध्यक्ष छवि आले, नेपाल मगर संघ नगरका पुर्व अध्यक्ष क्या. डिलबहादुर थापालगायतले प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभुति घोषणा गरी विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यक्रममा थापाको जिवनी र योगदानलाई समावेश गर्नुपर्ने बताउनुभयो । 
नेपाल मगर संघ वालिङले हरेक वर्ष दिवस मनाउँदै आएको नेपाल मगर संघ वालिङ नगर अध्यक्ष क्या. विश्वप्रकाश थापाले बताउनुभयो । अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष क्या. खिमबहादुर थापा, संचालन सचिव सुवेदार कुलबहादुर थापा र धन्यवाद उपाध्यक्ष टुका थापाले गर्नुभएको थियो ।   
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...