अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रसिद्ध छाँयाक्षेत्र मन्दिर छाङछाङदीमा महाशिव रात्रिका अवसरमा भक्तजनको भिड

news

 
वालिङ, ४ फागुन । 
प्रसिद्ध छाँयाक्षेत्र शिव मन्दिर छाङछाङदीमा महाशिव रात्रिका अवसरमा आईतबार भक्तजनको निकै भिड लागेको थियो । भक्तजनहरु विहान ३ बजेदेखि साँझसम्म मन्दिरमा स्नान तथा पुजापाठका लागी पुगेका थिए । निर्माणाधिन १०८ शिवलिंग, १०८ जलधारा निर्माणका लागी दाताहरुले न्युनतम १५ हजार सहयोग गर्न सक्ने र उक्त जलधारामा दाताको नाम लेखाउन सक्ने मन्दिर व्यवस्थापन समितिले भनेको थियो । 
अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार महाशिवरात्रिका दिनमा समेत भक्तजनहरुले जलधारा र शिवलिंग निर्माणका लागी दान रकम प्रदान गरेका छन् । मन्दिर दर्शनका लागी व्यवस्थित लाईन र दु्रत मार्गको व्यवस्था गरिएको थियो । मन्दिरमा निर्माण थालिएका यो योजनाका लागी दानदाताहरुबाट नै सहयोग लिएर अगाडि बढाईने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  मन्दिरको जलधारामाथि कैलाश पर्वत समेत निर्माण गरिँदैछ । 
मन्दिरको महिमाको विषयमा श्रीस्वस्थानि ब्रत कथामा समेत उल्लेख गरिएको छ । पछिल्लो समय मन्दिरमा थप संरचनाहरु निर्माण हुनु र प्रचारप्रसार भएकाले टाढा टाढाबाट पनि भक्तजनहरु यहाँ आउने गरेका छन् । मन्दिरमाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गसंगै जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागि नेपाल सहित छिमेकी देश भारतबाट समेत तिर्थालुहरु आउने गरेको बताईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...