अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा रक्तदान, ३६ जनाले रक्तदान गरे

 
रेडियो आँधीखोला
वालिङ, ६ फागुन । 
स्याङ्जाको वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वालिङ बैंकर्स क्लबको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । मंगलबार भएको कार्यक्रममा बोल्नुहुँदै गरिमा बिकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले रक्तदान जीवनदान भएकाले समयसमयमा यस प्रकारका कार्यक्रम आयोजना गरी रक्तदान गरेर जीवनदान गर्नुपर्नेमा जोड दिदै यस्तो पूण्य कार्यमा सबै सरिक हुनुपर्ने बताउनुभयो । 
कार्यक्रम क्लबका अध्यक्ष नबिन काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मणि बस्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...