अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित २ (दुई) जना प्रहरीको नियन्त्रणमा ।

 
रेडियो आँधीखोला
वालिङ, ९ फागुन । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित २ (दुई) जना नियन्त्रणमा  लिएको  छ ।  विशेष सूचनाको आधारमा भिरकोट नगरपालिका वडा नं. –०४ छ्याङ्छाङ्दी स्थित सिद्धार्थ राजमार्गमा जिल्ला प्रहरी कार्यालय,वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको विशेष अप्रेसन टोलीले २ युवकलाई ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । वालिङबाट भिरकोटतर्फ आँउदै गरेको ग. २३ प. ४०४२ नम्बरको स्कूटरमा सवार वालिङ ८ का ३६ वर्षीय रोशन परियार र ३४ वर्षीय पुकार लोहनी पक्राउ परेका हुन् । 
ब्राउन सुगर जस्तो देखिने ३ ग्राम खैरो पदार्थ फेला पारी बरामद गरी निजहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ७ दिनको  म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको  छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...