अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

आज उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

news

 

फागुन १०,  आज उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागसहित अन्य बाँकी हिमाली भागमा पनि आंशिक बादल लागेको छ ।

महाशाखाकाअनुसार आज दिउँसोसम्म तराई क्षेत्रका केही ठाउँमा हुस्सु कायमै रहनेछ । दिउँसो पनि हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बादल लाग्नेछ । एक/दुई ठाउँमा छिटपुट वर्षा र हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले हुस्सु तथा हिमपात र हल्का वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दालाई दैनिक गतिविधिमा सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...