समाचार
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न सकिने, के के हुन् त ?
रेडियो आँधीखोला
वालिङ, २० फागुन ।
निर्वाचन आयोगले ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको छ । आयोगका अनुसार मतदाता नामावलीमा नाम भएकाहरूले ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न सक्नेछन् । आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए त्यही प्रयोग गर्नुपर्ने त्यो नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिनेछ ।
मतदान गर्न पाईने यी ६ किसिमका परिचय पत्र सक्कल हुनुपर्ने मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले बताउनुभयो । फोटोकपीले मतदान गर्न नपाईने उहाँले उल्लेख गर्नुभयो । मतदान गर्न जाँदा सक्कली परिचय पत्र नै लिएर जान उहाँको आग्रह छ ।