अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

भीरकोटमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता

 
रेडियो आँधीखोला
वालिङ, २९ फागुन । 
भीरकोट नगरपालिकाले आयोजना गरेको नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ।  प्रतियोगितामा सहिद शुक्र माध्यमिक विद्यालय र बालोदय माध्यमिक विद्यालयले संयुक्त रूपमा द्धित्तिय स्थान हासिल गरेका छन् भने भुपु सैनिक कम्युनिटी एकेडेमी माध्यमिक विद्यालय तृतीय भएको छ। 
नगरस्तरमा आयोजना गरिएको उक्त प्रतियोगितामा भीरकोट नगरपालिकाभित्र रहेका १२ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताका क्रममा विद्यार्थीहरूबीच उत्साहजनक प्रतिस्पर्धा देखिएको थियो। हाजिरीजवाफ प्रतियोगितामार्फत विद्यार्थीहरूको बौद्धिक विकास, सामान्य ज्ञान अभिवृद्धि तथा प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ। विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमार्फत सिकाइमा सक्रिय बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरूलाई शुक्रबार सम्मान गरिने आयोजकले जनाएको छ। शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउने उद्देश्यले भीरकोट नगरपालिकाले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि त्यही अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रम रहेको शिक्षा शाखा प्रमुख विष्णु बहादुर भट्टराईले बताए। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउनुका साथै उनीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...