अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

३ जना उम्मेदवारले बुझाए खर्च विवरण, आम्दानी विवतरण समेत बुझाउनुपर्ने

 
रेडियो आँधीखोला
वालिङ, २९ फागुन । 
स्याङ्जामा ३ जना उम्मेदवारले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाएका छन् । फाल्गुन २१ गते सम्पन्न निर्वाचनको स्याङ्जामा प्रत्यक्ष र समानुपातिक प्रणालीको मतगणना मंगलबार सकिएको थियो । विहिबार सम्म स्याङ्जामा नेपाली कांगे्रसका उम्मेदवार भागवतप्रकाश मल्ल, मङगोल नेशनल अर्गनाईजेशनका उम्मेदवार खर्कबहादुर थापा र नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले आफ्नो निर्वाचन खर्च बुझाएका हुन् । 
निर्वाचन कार्यालयले उम्मेदवारले निर्वाचनमा भएको खर्च संगै आयविवरण समेत बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो । नेपाली कांगे्रसका उम्मेदवार भागवतप्रकाश मल्लले आफ्नो फेसबुक आईडि मार्फत पनि आफ्नो चुनावी खर्च सार्वजानिक गर्नुभएको छ । उम्मेदवारले निर्वाचन कार्यालयमा खर्च विवरण मात्रै बुझाएकाले आय विवतरण समेत बुझाउनुपर्ने प्रावधान रहेकाले कार्यालयले आफ्नो फेसबुक मार्फत विहिबार पनि सूचना प्रकाशन गरेका निर्वाचन अधिकारी थापाले बताउनुभयो । 
खर्च विवरण अनुसार नेपाली कांग्रसका उम्मेदवार मल्लले निर्वाचनमा १० लाख ४० हजार १५ रुपैँया खर्च गर्नुभएको छ । मल्लले मनोनयन दर्तामा १० हजार, मतदाता नामावली छफाई तथा फोटोकपी २३ हजार १३०, प्रचारप्रसारतर्फ ३ लाख ६८ हजार ७५०, इन्धन १ लाख १० हजार, मतदाता प्रशिक्षण १ लाख २६ हजार ८, कार्यालय स्थापना तथा वडास्तरीय प्रचार ३ लाख २५ हजार १२७, स्टेशनरीतर्फ ५७ हजार र संचार खर्चमा २० हजार गरी १० लाख ४० हजार १५ रुपैँयाको खर्च गर्नुभएको उल्लेख छ । 
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मंगलबार सूचना जारी गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवार बनेका सबैले कानुनअनुसार खर्च विवरण सार्वजनिक गर्न सूचना निकालेको थियो । 
निर्वाचन कार्यालयले विहिबार फेरि अर्को सूचना जारी गर्दै आम्दानी र खर्च दुवै पेश गर्न विवरणको ढाँचा सहित उम्मेदवारलाई आय र व्याय दुवै विवरण पेश गर्न भनेको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा (३१) को उपदफा (१) तथा निर्वाचन आचारसंहिता २०८२ को दफा (१६) को खण्ड (झ) अनुसार प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण आफैँ वा प्रतिनिधि मार्फत बुझाउन आग्रह गरेको छ । खर्च विवरण निर्वाचन आयोग कान्तिपथ काठमाडौं वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सकिने निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...